Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस सेन्टर नेपाल गोरखाको चौथो अधिबेशन सम्पन्न : अध्यक्षमा दानबहादुर गुरुङ निर्वाचित


4.2K
Shares

प्रेस सेन्टर नेपाल गोरखाको चौथो अधिबेशन सम्पन्न : अध्यक्षमा दानबहादुर गुरुङ निर्वाचित

गोरखा १२, कात्तिक ।  प्रेस सेन्टर नेपाल गोरखाको चौथो जिल्ला अधिबेशनले दानबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएको छ । गोरखा सदरमुकाममा सम्पन्न भएको अधिबेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको निर्वाचन मण्डलका संयोजक रामबहादुर ढकालले जानकारी दिनुभयो ।

अधिबेशनले जिल्ला समितिको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सहसचिवमा सन्दिप सुनार, महिला संगीता चेपाङ र कोषाध्यक्षमा बिमल श्रेष्ठलाई चयन गरिएको संयोजक ढकालले जानकारी दिनुभयो । अघिबेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रेस सेन्टर नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापामगरले आम श्रमजिवी जनता, सर्वंहारा वर्ग र आवाज विहिनहरुको आवाज बन्नुपर्ने बताउनुभयो ।

उहाँले माओबादी र सिद्धान्तलाई आम जनतासम्म पु¥याउन संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै उल्लेख गर्नुभयो । अध्यक्ष थापामगरले गोरखामा जिल्लामा माओबादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने समेत बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्याक्सन इन्चार्ज लोकप्रसाद बन्जरा (अक्कल) ले सहिद कृष्णसेन इच्छुकले देखाएको बाटोमा प्रेस सेन्टर निरन्तर अघि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले जनयुद्धको समयमा गोरखा जिल्लाबाट अधिबक्ता भएर समेत पार्टीलाई पत्रकारिताको क्षेत्रमा सहयोग पु¥याउदै आएका बेला राज्यबाट बेपत्ता बनाइएका राजेन्द्र ढकालको योगदानको स्मरण समेत गर्नुभयो । कार्यक्रम प्रेस संगठन गोरखाका फयाक्सन इन्र्चाज अंकुर तिमल्सिना (आयाम) ले जिल्लामा संगठनलाई थप सुदृढ गर्दै अघि बढ्नु पर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस संगठन गण्डकी प्रदेशका सहसंयोजक दिपक श्रेष्ठ, जिल्ला संयोजक गुणराज रोका लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology