Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

नक्कली नोट बनाउन प्रयोग गर्ने मेसिन सहित एक पक्राउ


1.9K
Shares

नक्कली नोट बनाउन प्रयोग गर्ने मेसिन सहित एक पक्राउ

गोरखा,११ कात्तिक । नक्कली नोट बनाउन प्रयोग गर्ने मेसिन सहित एक पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका ५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका ९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित प्रहरीले पक्राउ गरेको हो ।

महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४२० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मागान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology