Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

बसको ढोकाबाट खसेर बालकको ज्यान गयो


5.4K
Shares

बसको ढोकाबाट खसेर बालकको ज्यान गयो

कास्की १०, कात्तिक । बसको ढोकाबाट खसेर एक बालकको ज्यान गएको छ । पोखरामा हेम्जास्थित ज्ञानसागर एकेडेमीको ना १क २३७३ नम्बरको स्कुल बसको ढोकाबाट खसेर ८ वर्षीय रोशन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बालक तामाङ सोही स्कूलको युकेजीमा अध्ययनरत रहेको बताइएको छ। मंगलबार दिउँसो करिब साढे ३ बजे उक्त घटना भएको प्रहरीको भनाई छ । बालकको उपचारका क्रममा फिस्टेल हस्पिटल ज्यान गएको छ ।

घटना लगत्तै बसका चालक धादिङका ४७ वर्षीय सानो कान्छा थापालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।सांकेतिक तस्विर

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology