Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सहिद लखन गाउँपालिकाले दियो प्रकोप पिडितलाई राहात


3.8K
Shares

सहिद लखन गाउँपालिकाले दियो प्रकोप पिडितलाई राहात

गोरखा १०, कात्तिक । गोरखाको सहिद लखन गाउँपालिकाले पालिका भित्र मनसुनजन्य बिपतमा परेका १३ घर परिवारलाई राहात सहयोग प्रदान गरेको छ । गाउँपालिकाले बाढी, पहिरो लगायतबाट पूर्ण रुपमा बिस्थापित भएका र क्षति पुगेकाहरुलाई राहात प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगरले जानकारी दिनुभयो ।

बाढी र पहिरो घर पूर्ण रुपमा क्षति पुगेका ५ जना परिवारलाई प्रतिपरिवार २० हजार रुपैया र उच्च जोखिमा परेका अन्य ८ परिवारलाई ६ हजार रुपैयाका दरले राहात सहयोग प्रदान गरेको उहाँको भनाई छ । पूर्ण बिस्थापित भएकाहरुमा वडा नम्बर ७ का ३ जना, वडा नम्बर ६ स्थित धैरुङका १ जना र वडा नम्बर १ बक्राङका रहेको प्रमुख प्रशासकिय अधिकृत आलेमगरले बताउनुभयो ।

पूर्ण क्षतिमा परेका परिवारलाई मनसुनजन्य बिपत कोष मार्फत घर पुर्ननिर्माणका लागि जिल्ला प्रसासन कार्यालयलाई समेत सिफारिस गर्ने उहाँले बताउनभुयो । गाउँपालिकाले पालिका स्तरीय प्रकोप व्यवस्थापन कोषबाट राहात रकम बितरण गरेको प्रमुख प्रशासकिय अधिकृत आलेको भनाई छ । पालिका भित्र बाँकी रहेका थप १२ जनालाई समेत राहात उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology