गोरखा ९, कात्तिक । नेकपा एमाले गोरखाले जिल्ला भरका पालिकाहरुमा आज अधिबेशन सम्पन्न गरेको छ । पार्टीको १० औं राष्ट्रिय महाधिबेशनको तयारीमा जुटेको नेकपा एमालेले गोरखा चुमनुव्री गाउँपालिका बाहेका सवै पालिकाहरुमा अधिबेशन सम्पन्न गरेको पार्टी सम्झना देवकोटाले जानकारी दिनुभयो ।
अधिबेशनबाट गोरखा नगरपालिकाको अध्यक्ष देवीबहादुर बस्नेत चुनिनु भएको छ । त्यस्तै अजिरकोट गाउँपालिका अध्यक्षमा लिलाबहादुर सुनार, धार्चे गाउँपालिका अध्यक्षमा वुद्धि वहादुर गुरुङ, भीमसेन थापा गाउँपालिका अध्यक्षमा सुजन सिंखडा र सिरानचोक गाउँपालिका अध्यक्षमा बिराज गुरुङ चयन हुनभएको छ ।
त्यस्तै पालुङटार नगरपालिकामा भएको अधिबेशनले बसन्तकुमार श्रेष्ठ नगरपार्टी कमिटि अध्यक्षमा चयन भएको उहाँले बताउनुभयो । गण्डकी गाउँपालिकाको अध्यक्षमा बिष्णु पन्त चयन हुनुभएको छ भने सहिद लखन गाउँपालिका र आरुघाट गाउँपालिकाको अध्यक्ष चयन हुन भने बाँकी छ ।