Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा तस्करीका लागी लुकाइ राखिएको सालको काठ बरामत


5.3K
Shares

गोरखामा तस्करीका लागी लुकाइ राखिएको सालको काठ बरामत

गोरखा, ८ कात्तिक : गोरखा नगरपालिका वडा नम्बर–९, स्थित लुदीखोला क्षेत्रबाट अबैध ओसारपसारका लागी लुकाइ राखिएको सालको काठ प्रहरीले बरामत गरेको छ । स्थानीय पुन्चे सामुदायिक बनबाट तस्करीका लागि लुकाएर राखिएको १२ थान सालको गोलिया काठ प्रहरीले आइतबार बरामत गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

स्थानीय एक व्यक्तिले प्रहरीलाई काठ तस्करी भइरहेको भन्ने सूचना दिएको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखा र अस्थायी प्रहरी पोष्ट लक्ष्मी बजारबाट गएको प्रहरीको टोली झाडीमा लुकाई छिपाई राखेको अबस्थामा काठ फेला पारेको उहाँको भनाई छ ।

बरामद गरेको काठ ल्याएर डिभिजन बन कार्यालय गोरखामा बुझाइएको छ । काठ ओसारपसार गर्ने व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धानका तथा कारबाहीका लागि बन कार्यालयलाई जानकारी गराइएको डिएसपी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology