Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शौच गर्न गएका पत्रकारको भिरबाट लडेर मृत्यु


4K
Shares

शौच गर्न गएका पत्रकारको भिरबाट लडेर मृत्यु

खोटाङ ८ कात्तिक । खोलामा लडेर पत्रकारको किसन राईको मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो ।

यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक र नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology