गोरखा ७, कात्तिक । गोरखा जिल्ला आज र भोली गरी २१ हजार भन्दा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईदैछ । देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औंषधि खुवाउने राष्टिय कार्यक्रम अन्र्तगत गोरखामा पनि आजबाट भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम शुरु भएको स्वास्थय कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले जानकारी दिनुभयो । आज खान छुटेकाहरुलाई भोली पनि खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
जिल्लामा यो पटक बर्ष २१ हजार ६ सय ६४ जना भन्दा बढी ६ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने उहाँले बताउनुभयो । त्यस्तै जिल्लाभर १८ हजार ९ सय ८१ जना १ बर्ष देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने जिल्ला जनस्वास्थ कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले जानकारी दिनुभयो । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउदा उनीहरुको शरिरमा रोगसंग लड्न सक्ने क्षमताको बिकास हुने र शारिरिक बिकास छिटो हुने भएकाले अनिवार्य खुवाउनु पर्ने सूचना अधिकारी खड्काले बताउनुभयोे ।
६ महिना मुनीका बालबालिकाहरुलाई आमा दुधमात्र पनि खुवाउदा पर्याप्त हुने भएकाले भिटामिन ए खुवाउनु नपर्ने स्वास्थ्य कर्मीहरुकोे भनाई छ । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन जिल्लाभर ६ सय २१ केन्द्रहरु तोकिएका छन् भने ६ सय २४ स्वास्थ स्वयमसेबिकाहरु परिचालित भएको खड्काले जानकारी दिनुभयोे ।
यसै बिच जिल्लामा आज र भोली नै दुई दिन ६ महिना माथिका बालबालिकाहरुको पोषणको अबस्था समेत मापन भइरहेको उहाँले बताउनुभयो । पोषण आहार समेत ६ महिनादेखि माथि ५ बर्षसम्मका बालबालिकाको मापन हुने खड्काले जानकारी दिनुभयो ।