Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पृथ्वीराजमार्गमा गएराती गुडिरहेको यात्रुबाहक बसमा एक्कासी आगलागी


4.5K
Shares

पृथ्वीराजमार्गमा गएराती गुडिरहेको यात्रुबाहक बसमा एक्कासी आगलागी

काठमाण्डौं ७, कात्तिक । पृथ्वीराजमार्गमा गएराती गुडिरहेको यात्रुबाहक बसमा एक्कासी आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति गजुरीमा आगलागी भएको हो ।

आगलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

बसमा ३६ जना यात्रु रहेका थिए ।बसमा आगो लाग्नुको कारण यकिन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् । आगो नियन्त्रणपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology