Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जुवा अड्डामै प्रहरीको छापा : झण्डै साढे तीनलाख सहित १९ जुवाडे पक्राउ


2.9K
Shares

जुवा अड्डामै प्रहरीको छापा : झण्डै साढे तीनलाख सहित १९ जुवाडे पक्राउ

काठमाण्डौ ६, कात्तिक । प्रहरीले जुवाको अड्डा मा नै छापा मारेर १९ जना जुवाडेलाई शनिबार पक्राउ गरेको छ । दुई वटा जुवाको अड्डामा छापा मार्दा उनिहरुको साथबाट झण्डै साढे ३ लाख रुपैया समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

तुलसीपुरको अटो भिलेजभित्र जुवा खेलिरहेका १२ जनाबाट ७५ हजार नगद र तुलसीपुर बजारमै जुवा खेलिरहेका ७ जनाबाट १ लाख ७० हजार नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लले जानकारी दिनुभयो ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा एकै दिन तुलसीपुरका दुई जुवा अड्डामा छापा हानेर १९ जनालाई पक्राउ गरेको काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology