Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गाउँपालिकाकी उपाध्यक्षको उपचारको क्रममा निधन


5.4K
Shares

गाउँपालिकाकी उपाध्यक्षको उपचारको क्रममा निधन

सिन्धुपाल्चोक, ६ कात्तिक । एक गाउँपालिकाकी उपाध्यक्ष उपचारको क्रममा शनिबार निधन भएको छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको बिहान उपचारको क्रममा निधन भएको हो ।

कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी अधिकारी लामो समयदेखि क्यान्सरसँग लडिरहनु भएको थियो । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उहाँको निधन भएको हो । ५१ वर्षीया अधिकारीका ३ छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology