Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घर फोरेर सुनको सिक्रि सहितको सामान चोरी गर्ने युवक पक्राउ


5.8K
Shares

घर फोरेर सुनको सिक्रि सहितको सामान चोरी गर्ने युवक पक्राउ

पोखरा ६, कात्तिक । घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा पोखरामा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती युवकलाई चोरी गरिएको सामानसहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology