Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोना शुन्यमा अझै झरेन : ३ पालिका मध्ये कुनमा कति छन् (यो हेर्नुहोस्)


4.1K
Shares

गोरखामा कोरोना शुन्यमा अझै झरेन : ३ पालिका मध्ये कुनमा कति छन् (यो हेर्नुहोस्)

गोरखा ५, कात्तिक ।  दोस्रो लहरको नोबल कोरोना भाइरस (कोभिड–१९)का सक्रिय संक्रमित जिल्लामा केबल ४ जनामा मात्र बाँकी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जारी गरेको सूचना अनुसार हिजो साँझ सम्म गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा गरी ४ जनामा रहेको जनाएको छ ।

भाद्र महिनाको अन्तिम साता देखी जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको कार्यालयले जनाएको छ । कोरोना संक्रमण बाँकी रहेका स्थानीय तहहरुमध्ये गोरखा र पालुङटार नगरपालिकामा १–१ जना र सिरानचोक गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार भिमसेन थापा, शहिद लखन, अजिरकोट, गण्डकी, बारपाक सुलिकोट, आरुघाट, धार्चे र चुमनुब्रीमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।

यो बिचमा जिल्ला भित्र ७ हजार ३३२ जना र जिल्ला बाहिर १६२ जना गरी ७ हजार ४९४ जनाले कोरोना जित्न सफल भएका छन् । साथै संक्रमित मध्ये जिल्ला भित्र ३४ जना र जिल्ला बाहिर ३६ गरी ७० जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology