Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरु काटेको अभियोगमा १३ जना पक्राउ


2.9K
Shares

गोरु काटेको अभियोगमा १३ जना पक्राउ

रोल्पा ४, कात्तिक । गोरु काटेको आरोपमा प्रहरीले स्थानिय १३ जनालाई नियन्त्रणमा लिएको छ । रोल्पाको लापालमा रुन्टिगढी गाउँपालिका १ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर सहित १३ जनालाई गोरु काटेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोरु काटेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गोरुको करिब ८० केजी मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको रोल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology