Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


2.6K
Shares

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यान ४, कात्तिक । सल्यानमा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको कुमाख गाउँपालिका ५ तिमिले बस्नेका ४२ वर्षीया कली खड्काको हत्या गरेको आरोपमा ४७ वर्षीय कबिराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य घरायसी विवादमा कबिरामले मादक पदार्थ सेवन गरी श्रीमतीलाई धारिलो हतियार बसुलोले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कबिरामलाई जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology