Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध जुवातास खेलिरहेका बेला ३४ जनालाई प्रहरीले गर्यो पक्राउ


3.8K
Shares

अबैध जुवातास खेलिरहेका बेला ३४ जनालाई प्रहरीले गर्यो पक्राउ

काठमाण्डौं ४, कात्तिक । अबैध जुवातास खेलिरहेका बेला ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत, ललितपुर र डडेल्धुराबाट जुवातास खेल्दै गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । प्राप्त जानकारी अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक र सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७४ हजार ३७५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यता ललितपुरको ललितपुर महानगरपालिका २३ को हात्तिवनस्थित टहरोमा तास खेलिरहेकामोरङ सानेपोखरी गाउँपालिका १ घर भएका ४७ वर्षीय निलबहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार राती प्रहरी टोलीले पक्राउ गरेको हो ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।त्यस्तै गरी डडेल्धुराको अमरगढी नगरपालिका ५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ४ का ५० वर्षीय ईन्द्रबहादुर थापा सहित २२ जनालाई पनि बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९३ हजार ९६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरर्गत मुद्वा दर्ता गरी अनुसन्धान अघि बढाइको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology