Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

स्रोत नखुलेको झण्डै ८० लाख रुपैया सहित एक व्यक्ति पक्राउ


2.8K
Shares

स्रोत नखुलेको झण्डै ८० लाख रुपैया सहित एक व्यक्ति पक्राउ

काठमाण्डौं ४, कात्तिक । प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद रु ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप रु ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology