Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा दरौदी नदीमा हामफालेर एक जनाको ज्यान गयो


8.7K
Shares

गोरखामा दरौदी नदीमा हामफालेर एक जनाको ज्यान गयो

गोरखा ४, कात्तिक ।  गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ फिनामटार स्थित दरौदी नदीमा हाम फालेर आज एक पुरुष ज्यान गएको छ । बिहान करिब १० बजेको समयमा स्थानीय ६५ बर्षका देवीदत्त ढकालको दरौदी नदीमा हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट चनौटे र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले ढकालको शव घटनास्थलदेखि झण्डै २ किलोमिटर तल जलबिरेमा शव फेला पारेको थियो ।

मृतकको शव मुचुल्का गरि पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology