Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

साना शहरीले गोरखा सदरमुकाममा बितरण गरेको खानेपानीमा लेदो,उपभोक्ताको स्वास्थ्यमा खेलबाड


3.1K
Shares

साना शहरीले गोरखा सदरमुकाममा बितरण गरेको खानेपानीमा लेदो,उपभोक्ताको स्वास्थ्यमा खेलबाड

गोरखा ४, कात्तिक । गोरखा साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई बितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । गोरखाको मुख्य मुख्य बजारमा पानी वितरण गर्दै आएको समितिले उपभोत्तालाई लेदो सहितको धमिलो पानी वितरण गर्दै आएको उपभोत्ताहरुले गुनासो गरेका छन् ।

‘पिउने पानी भनेर लेदो, फिज आएको र दमिलो पानी दिने गरेको छ, गोरखा नगरपालिका ६ को कालिमाटी बजारमा होटल ब्यवसायी गर्दै आएका मनोज थापाले भन्नुभयो,‘धमिलो पानी पिउन मात्र नभएर भाडाकुडा सरसफाई गर्न सक्ने अबस्थाको छैन ।’ आज मात्रै पनि कालिमाटी, हरमटारी, हस्पीटल लाईन, लोकतान्त्रिक चोक देखी खोलखोलेसम्मका उपभोत्तालाई बितरण गरिएको पानीमा लेदो मिसिमएको पाइएको उपभोक्ताहरुले बताएका छन् ।

पानी भाडामा भरेर हेर्दा पुरै धमिलो आाहालको पानी जस्तो देखिएको भन्दै समितिले उपभोक्ताको स्वास्थ्य माथी नै खेडबाड गरेको उनिहरुको भनाई छ । माग थेग्न नसकेका कारण खोलामा आएको पानी जस्ताको तस्तै तानेर बितरण गर्ने गरेको पृथ्वीनारायण साना शहरी खानेपानी तथा उपभोत्ता समितिको कार्यालयले जनाएको छ । माग अनुसारको पानी विरतणमा समस्या झेल्दै आएको समितिले खोलामा आएको लेदोपानी नै सिधै तानेर वितरण गर्ने गरेको स्रोतको दावी छ ।

‘उपभोत्ताले जस्तो पानी भए पनि दिनु परर्यो भन्छन्, कार्यालयका कर्मचारी आशकाजी श्रेष्ठले भन्नुभयो,‘ हामीले जस्तो पानी आयो त्यस्तै छाड्ने गरेका छौ ।’ कर्मचारी श्रेष्ठका अनुसार समितिले गोरखा नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा १ हजार २७९ घर परिवारलाई समितिले पानी उपलब्ध गराउदै आएको छ । दैनिक ५ लाख लिटर भन्दा बढी पानीको माग भएता पनि समितीले मुस्किलले ३ लाख लिटर वितरण गर्दै आएको छ ।

बिषाक्त पानी वितरण भएको बिषयमा समितिका अध्यक्ष बिनोद अर्याल संग प्रश्न गर्दा गल्ती भएको स्विकार गर्दै कर्मचारीलाई सचेत गराएको र अबदेखि त्यस्तो गल्ती नहुने दावी गर्नुभयो । ‘होटल ब्यवसायीहरुले जस्तो पानी भए पनि चाहियो भनेर पानी वितरण गर्ने कर्मचारीलाई थर्काउने गरेको भन्दै उहाँले पानी वितरण गर्ने सबै कर्मचारीलाई सचेत गराएको र अब त्यस्तो पानी वितरण नहुने बताउनुभयो ।

बर्षा लाग्दा लेदो पानी र ढल मिसिएको पानी र सुख्खा याममा हप्तामा १ दिन पनि उपभोत्ताको घरमा पानी नआउने गुनासो बर्षौ देखी चल्दै आएको छ । समितिले उपभोत्ताको घरमा बिषाक्त पानी वितरण गरेको बारेमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य सरोकारवाला निकायसंग जानकारी लिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology