Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ट्रक भीरबाट खस्यो, १ जनाको मृत्यु २ घाइते


13.4K
Shares

गोरखामा ट्रक भीरबाट खस्यो, १ जनाको मृत्यु २ घाइते

गोरखा, ४ कात्तिक : गोरखाको आरुघाट गाउँपालिका– १, स्थित माझगाउँमा गएराती मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई परी ट्रकका चालक धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ घर भएका ३३ बर्षिय चालक मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । आरुघाट बजारबाट धुन्चेत तर्फ जादै गरेको बा. ५ ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा आरुघाट गाउँपालिका– १, का ३५ बर्षिय राजकुमार गुरुङ र ३ बर्षिया बालिका दिब्या गुरुङ रहनु भएको छ । उनीहरुको पनि आरुघाट स्वास्थ्य चौकीमा उपचार भई रहेको छ । घाइते दिव्याको अबस्था गम्भीर भएकाले थप उपचारका लािग अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्य चौकीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology