गोरखा ३, कात्तिक । लियो क्लब अफ गोरखाले जिल्लाको पर्यटकिय क्षेत्रको प्रचारप्रसार भूमिका खेल्ने उद्देस्य सहित यही कात्तिक १२ र १३ गते जिल्लामा परिषद्को बैठक सञ्चालन गर्ने भएको छ । देशका बिभिन्न ११९ वटा क्बलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने बैठकमा जिल्लाको पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि बिभिन्न पर्यटकिय स्थलको फोटो सार्वजनिक गरिने क्बलले जनाएको छ ।
क्बलले गोरखा सदरमुकाममा आज पत्रकार सम्मलेनको आयोजना गरि परिषदरको बैठकमा सहभागी हुने करिब ५ सय जना प्रतिनिधीहरुलाई जिल्लाको पर्यटकीय स्थलको तस्विर मार्फत जानकारी गराउने कार्यक्रम तय गरेको क्लबका अध्यक्ष सुमनबावु श्रेष्ठले जानकारी दिनुभयो ।
लियो जिल्ला परिषद ३२५ वि १ नेपालको पुरस्कार वितरण तथा पहिलो जिल्ला परिषद बैठक आयोजना गरी कोरोना संक्रमणबाट सुस्ताएको गोरखाको पर्यटकिय क्षेत्रलाई उठाउने सहयोग पु¥याउन क्लब लागि परेको उहाँले बताउनुभयो । सम्मेलनमा सहभागीहरुलाई गोरखा जिल्लाको पर्यटकीय स्थलको बारेमा जानकारी दिनुका साथै आउदो १ बर्षमा क्लबले गर्ने कामका बिषयमा छलफल हुने जनाएको छ । क्लबले यस अघि पनि गोरखा सदरमुकाममा नै २ पटक सम्म यस्ता कार्यक्रम आयोजना गरेर बाहिर जिल्लाका लियोहरुलाई गोरखाको पर्यटकीय स्थलहरुको परिचय गराई सकेको क्लबले जनाएको छ ।
पत्रकार सम्मेलन मार्फत गोरखा आउने सबै लियो क्लबका प्रतिनिधीहरुलाई गोरखकाली मन्दिर, मनकामना मन्दिर, लिगलिगकोट, भिमसेन पार्क, पश्चिमकाली मन्दिर, मनास्लु हिमाल, चुमभ्याली तथा जिल्ला भित्रको विभिन्न पर्यटकीय क्षेत्रको पहिचान खुल्ने गरी कार्यक्रम स्थलमा ठुला ब्यानरहरु राख्ने तथा त्यसका बारेमा जानकारी दिने कार्यक्रम तय गरेको क्बलका प्रथम उपाध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको क्बलले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।