बझाङ, २ कात्तिक । लगातारको बर्षापछि आएको पहिरोले एकै घरका १८ जना सहित २३ जना बेपत्ता भएका छन् । बझाङको पहिरो जाँदा २३ जना बेपत्ता थलारा गाँउपालिका वडा नम्बर ४ स्थिता डिख्लामा मंगलबार पहिरो जाँदा यति ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।
गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले जानकारी दिनुभयो ।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिनुभयो । यस्तै गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् ।