गोरखा २, कात्तिक । गोरखामा आज बिहान बलेरो जीप दुर्घटनामा परेको छ । जिल्लाको फुजेलबाट बेनिघाट तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार मध्ये ६ जना घाईते भएका छन् ।
गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै रहेको मलेओडारमा ना ४ च ७७३८ नम्बरको बोलेरो जीप दुर्घटना हुदा ६ जना घाईते भएका हुन् । जीपमा १५ जना सवार भएको एक स्थानियले बताएका छन् ।
जीपको ब्रेक फेला हुदाँ दुर्घटना भएको घाईते जीप चालक राजु थापाले बताउनुभयो । एक्कासी ब्रेक फेल भयो अनि भित्तामा ठोकाएर जोगाए चालक थापाले भन्नुभयो ।घाईते सबैको अहिले मलेखुको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।