चितवन, १ कात्तिक । नारायणी नदीको पुलबाट एक व्यक्ति नदीमा हामफालेर बेपत्ता भएका छन् । चितवन र नवलपुर जोड्ने नारायणी पुलबाट हाम फालेर नवलपुरको गैंडाकोटबाट पुलतिर आएका अन्दाजी ५५ वर्षका पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी सुरु भएको छ ।
तर, अहिलेसम्म उनी फेला परेका छैनन् ।उनी नदीमा हाम्फाल्नुको कारण पनि अझै खुलेको छैन । नारायणी नदीको बहाव हिजोबाट झन् बढेकाले उनलाई खोजी कार्य भए पनि सफलता पाउन नसकिएको प्रहरीले जनाएको छ । नदीमा हाम्फाल्नुअघि यी पुरुषले पुलमाथि टोपी, गन्जी र २ हजार ३ सय नगद छोडेका थिए ।