Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाडौ जादै गरेको बस दुर्घटनाग्रस्त


7.2K
Shares

काठमाडौ जादै गरेको बस दुर्घटनाग्रस्त

सिन्धुपाल्चोक ३१, असोज । काठमाडौ तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन ।सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडकखण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको हो।

बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालक सहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।काठमाडौँ-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियो। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology