Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

रक्सीले मातेका युवकले प्रहरी साहायक निरीक्षक सहित ७ प्रहरीलाई कुटेपछि…


7.1K
Shares

रक्सीले मातेका युवकले प्रहरी साहायक निरीक्षक सहित ७ प्रहरीलाई कुटेपछि…

रुकुम ३०, असोज । रक्सीे मातेका युवकले प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरीलाई कुटेर घाइते बनाएका छन्। मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको हो ।

गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो।

झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ।

बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। चार जना भागेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology