Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घान्द्रुक दुर्घटनामा गोरखाका २३ बर्षका युवकको मृत्यु


4.4K
Shares

घान्द्रुक दुर्घटनामा गोरखाका २३ बर्षका युवकको मृत्यु

गोरखा २७, असोज । गएको सोमबार घान्द्रुकमा भएको जीप दुर्घटनामा परी गोरखाका बिनय पन्तको मृत्यु भएको पुष्टी भएको छ । गोरखा नगरपालिका १२ को स्याली बजार घर भएका उनी राजधानीको गोंगबु बस्दै आएका थिए ।

नेपालीहरुको महान पर्व दशैको मुखैमा साथीहरु संग राजधानीबाट पोखरा हुदै घान्द्रुक जाने क्रममा मोदी खोलामा जीप खस्दा चालक सहित ८ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।२३ बर्षे पन्त काठमाण्डौंको न्युरोडमा अंकलको होलसेल पसलमा बस्दै आएको उनको पारिवारीक श्रोतले जानकारी दिएको हो ।

दशैको बिदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न जाने क्रममा जीप दिउँसो २:३० बजे सडकबाट २०० मिटर तल मोदी खोलामा खसेको थियो ।सानै उमेरमा आमा बुवा गुमाएका पन्तको ३ जना दाजु पनि सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology