Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घाँटी रेटेर आफ्नै दाजुको हत्या


1.8K
Shares

घाँटी रेटेर आफ्नै दाजुको हत्या

रोल्पा २७, असोज । एक पुरुषले घाँटी रेटेर आफ्नै दाजुको हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

‘हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौं, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्रयाक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो,’ सुवेदीले भन्नुभयो। उहाँका अनुसार अमराज आफैंले पनि हत्या गरेको स्वीकारिसकेका छन् ।

डीएसपी सुवेदीले भन्नुभयो, ‘राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।’

पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने डीएसपी सुवेदीले बताउनुभयो । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएको समेत स्थानीयले बताएका छन् ।

मृतककी पत्नीको पहिले नै मृत्यु भइसकेको छ । २ छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएका बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology