Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो


5.7K
Shares

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबार स्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरि दरबारका सुसारेले आज बिहान ८ बजेर २५ मिनेटकोे शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौंको हनुमान ढोका दरबारमा पठाएका हुन् । फूलपातीको डोली बा २ झ २१२९ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकाका प्रमुख हरि भूसालले जानकारी दिनुभयो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याईएपछि आज साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहदै आएको छ । ‘गतबर्ष भक्तजनहको ठूलो भिडभाड लाग्ने गथ्र्योे, उहाँले भन्नुभयो, यो पटक त्यो हुन सकेन, सामान्य रुपमा बिधि पु¥याएर फुलपाती पठाएका छौ ।’

यो बर्षपनि अघिल्लो दिन बेल निमन्त्रणा गरि आज बिहान धिमेबाजा, फुलपाती सहितको टोलीले हर्षोल्लासका साथ फुलपाती काठमाण्डौ पठाइएको कालिका मन्दिरका मूल पुजारी शारदाप्रसाद्ध भट्टराईले जानकारी दिनुभयो । सडकबाटो सञ्चालन नहुदासम्म गोरखादेखि धादिङ्गको केवलपुर–जीवनपुुरको पैदल मार्ग हुदै फुलपाती हुनमान ढोका पु¥याउने गरिन्थ्योे । पछिल्ला बर्षहरुमा सवारी साधनबाट नै लैजान गरिएको उहाँले बताउनुभयो ।

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी वडादशैको सातौ दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ । गोरखा दरबारको दशैं घरबाट सतिपिपल स्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाउने प्रचलन रहेपछि यस पटक भने गोरखा दरबारबाट सिधै फुलपाती हनुमान ढोका दरबार पठाइएको छ ।

गत बर्षहरुमा कालिका दरबारस्थित दशैं घरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गर्ने प्रचलन रहदै आएको थियो । गोरखा दरबारको दशैं घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology