Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

पृथ्वी राजमार्ग स्थित होटल नजिकै झाँडीमा बच्चा रोइ रहेको आवाज सुनिएपछि…


9.9K
Shares

पृथ्वी राजमार्ग स्थित होटल नजिकै झाँडीमा बच्चा रोइ रहेको आवाज सुनिएपछि…

तनहुँ २४, असोज । पृथ्वी राजमार्ग स्थित तनहुँको म्याग्दे गाउँपालिका १ को गुणादीमा पर्ने पुलामी होटल नजिकै झाँडीमा बच्चा रोइ रहेको आवाज सुनिएपछि गएर हेर्दा एक शिुशु बेबारिसे अबस्थामा भेटिएको छ । झाडीमा बच्चा रोएको आवाज सुनिए पछि स्थानियले हेर्न जाँदा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले नवजात शिशुलाई दमौली अस्पतालमा ल्याएर उपचार थालेको छ । झाडीमा फालिदा बच्चाको शरिरमा चोट लागेको कारण उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।अबैध सम्वन्धबाट बच्चा पेटमा रहेर जन्मिएपछि फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पुरुष शिशुको तौल जम्मा १ किलो ६ सय ग्राम रहेको दमौली अस्पतालले जानकारी दिएको छ । नवजात शिशुको तौल कम भएका कारण उपचारमा समस्या हुने दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्यालले जानकारी दिनुभयो ।शिशुलाई जन्माएर झाडीमा फाल्नेको प्रहरीले ब्यापक रुपमा खोजतलास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology