गोरखा २४, असोज । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका वडा नम्बर ७ ले बडादशै, दिपावली तथा छठपर्वको अबसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा स्थित डण्डीडाँडामा आयोजना भएको कार्यक्रममा माओबादी केन्द्र गोरखा नगरपालिकाका सचिव गोर्बद्धन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरपार्टी सचिव श्रेष्ठले पार्टी थप बलियो बनाउन वडास्तरका संगठनलाई सुदृढ गर्नुपर्नेमा कुरामा जोड दिनुभयो । उहाँले पार्टी केन्द्रले निर्धारण गरेको समयभित्र वडा भित्र संक्रिय सदस्यताको बिबरण तयार पार्न पनि सवैलाई निर्देशन दिनुभयो । वडापार्टी अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।