काठमाण्डौ २४, असोज । बुटवलमा जग्गा अतिक्रमणको बिषयलाई लिएर गोली चलाउदा आज ४ जनाको मृत्यु भएको छ । प्रहरीको गोली र झडपमा परि अन्य थप ३१ जना घाइते भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । जग्गा अतिक्रमणको विषयलाई भएको प्रहरी र स्थानीयबीच भएको झडप हुँदा प्रहरीले चलाएको हो ।
प्रहरीको गोली लागि गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलिसकेको प्रहरीको भनाइ रहेको छ । घटनाले उग्ररुप लिएपछि अहिले जिल्ला प्रसासन कार्यलय साँझ ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि त्यस क्षेत्रमा कर्फ्यू लगाएको थियो ।