गुल्मी २४, असोज चिरपटले हानेर एक युवकले आफ्नै काकीको हत्या गरेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुबिचौरका २५ वर्षीय प्रकाश विकले ६० बर्षकी काकी पार्वती विकको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ भएको घटनामा परि गम्भीर घाइते हुनुभएकी पार्वतीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनापछि प्रकाशलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।