महोत्तरी २४, असोज । दश हजार रुपैया घुस सहित वडाध्यक्ष नै पक्राउ परेका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर महतो घूससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयले बर्दिबासले जनाएको छ ।
जन्म दर्ताको सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । १० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीको भनाई छ।
उनीसँगै सहायक कम्प्युटर अपरेटर अव्दुल राईन समेत पक्राउ परेको छ । पक्राउ परेका दुवै जना माथि अनुसन्धान भइरहेको जनाइएको छ ।