Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गुडिरहेको बस अनियन्त्रित भएर भित्ता ठोक्किएर दुर्घटना


8.4K
Shares

गुडिरहेको बस अनियन्त्रित भएर भित्ता ठोक्किएर दुर्घटना

काठमाण्डौं २४, असोज । गुडिरहेको बस अनियन्त्रित भएर भित्ता ठोक्किएर दुर्घटना भएको छ । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना६ख ९२२ नम्बरको बस दैलेखको दुल्लु नगरपालिका–१, दरबारेभिरमा बस शनिबार बेलुकी करिब ८ बजे तिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा छामको पञ्चदेवल गाउँपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाही रहनु भएको छ ।

बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ । फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology