Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकामको मुख्य सडक क्षेत्रको ठाउँठाउँमा बन्यो जेव्राक्रस


3.7K
Shares

गोरखा सदरमुकामको मुख्य सडक क्षेत्रको ठाउँठाउँमा बन्यो जेव्राक्रस

गोरखा २४, असोज । गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक क्षेत्रको ठाउँठाउँमा जेव्राक्रस निर्माण गरिएको छ । जिल्ला ट्राफिक कार्यालय गोरखाको आग्रहमा लियो क्लब अफ गोरखा र लायन्स गोरखा सिटि परिवारले सदरमुकामको ६ स्थानमा जेब्रा क्रस निर्माण गरेको क्लबका अध्यक्ष इमानजंग बानियाँले जानकारी दिनुभयो ।

क्लबले बजार क्षेत्रको पुरानो बसपार्क, बैंक लाइन, शक्तिचोक, बिसौनी मोड, कालिमाटी बजार, जिविस चोक र लोकतान्त्रिक चोकमा जेब्रा क्रस निर्माण भइ सकेको र केही दिन भित्रै लक्ष्मी बजार, १३ किलोको घुम्ती बजार, १२ किलो, सेन्ट जोसेफ, स्याली बजार, अबुवा, ३ किलो बजार र मझुवाको चेक प्वाइन्टमा पनि जेब्रा क्रस निर्माण गरिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

विगतमा पनि त्यस्ता खालका जेब्रा क्रस निर्माण भएको भएता पनि सवारी चापले रंग बिग्रीएकोले पुनः रंग लगाउन क्लबलाई आग्रह गरिएको र उनीले काम गरिदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology