रौतहट २३, असोज । करेन्ट लागेर एक किशोरीको आज मृत्यु भएको छ । तहटको फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारी यादवको दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय विजयपुरका सई प्रभुप्रसाद साहले जानकारी दिनुभयो । घाँस काट्न गएकी यादव पानी खाने क्रममा धारामा जोडिएको मोटरबाट करेन्ट लागेको हुनसक्ने प्रहरीको भनाई छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।