काठमाण्डौं २३, असोज । नेकपा एमालेका नेता सुर्य थापाले नेकपा एकिकृत समाजबादी पार्टीका तर्फबाट मन्त्रि भएकाहरुलाई एमालेका केही नेता कार्यकर्ताले बधाई तथा शुभकामना दिए पछि फायर हुनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुका स्टाटस लेख्दै नेता थापाले नेकपा एकिकृत समाजबादीका तर्फबाट मन्त्रि भएकाहरुलाई बधाई दिने एमाले नेता कार्यकर्तालाई देखेर निक्कै भ्वाँक चलेको समेत उल्लेख गर्नुभएको छ । उहाँले त्यस्ता व्यक्तिहरुलाई पार्टी छोडेर उतै तिर जान समेत सुझाव दिएका छन् । दुस्मनको सेवक भई मन्त्रि बनेकाहरुलाई एमाले नेता कार्यकर्ता बधाई दिएको देख्दा निक्कै भ्वाँक चलेको चलेको छ, नेता थापाले लेख्नुभएको छ, त्यस्ता व्यक्तिहरु बरु उतै तिर लागेहुन्छ ।
उहाँले एकिृकत समाजबादी पार्टीबाट मन्त्रि हुनेहरुलाई कुलंगारको सज्ञा समेत दिनुभएको छ । त्यस्ता व्यक्तिहरुलाई बधाई र शुभकामना दिएर पार्टी बिरोधी हर्कतमा नलाग्न नेता कार्यकर्तालाई थापाको चेतावनी समेत रहेको छ ।
