Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मदनेडाँडाका माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री बितरण


4.4K
Shares

गोरखाको मदनेडाँडाका माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री बितरण

गोरखा २२, असोज । गोरखाको पालुङटार नगरपालिका–९ धुवाकोट स्थित मदनेडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक वितरण गरिएको छ । बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १२ जना बिद्यार्थीलाई कापी, क्यालकुलेटर, कलम लगायतका सामग्रीको साथमा पोशाक वितरण बिधालयका शिक्षक भुवन सेडाइले जानकारी दिनुभयो।

जन्मभूमीमा जननीहरुको अभियान नामक संस्थाले करिव ५० हजार रकम बराबरको सामग्री वितरण गरिएको उहाँले बताउनुभयो। ‘मेरो देश नेपाल, भूमीमा जननीहरुको अभियान भन्ने नाराका साथ देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।

देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology