Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा स्थित सेनाको गणका १२ जनामा कोरोना पुष्टी


3.6K
Shares

गोरखा स्थित सेनाको गणका १२ जनामा कोरोना पुष्टी

गोरखा २१, असोज । गोरखा सदरमुकाम नजिकै रहेको सेनाको गणका १२ जनाका बिहिबार कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा अस्पतालमा गरिएको नेपाली सेनाका ८० जनाको एन्टिजेन परीक्षणका क्रममा १२ जना पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाको ठिगुरेश्वरामा रहेको रिपु मर्दन गणका १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । केही दिन अगाडी मात्र भारतमा तालिम लिएर आएकाहरुको बिहीबार गोरखा अस्पतालमा एन्टिजेन परिक्षण गरिएको थियो ।

भोली पोखरामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयमा पीसीआर गर्ने योजना रहेको जनाइएको छ । गोरखा अस्पतालमा थप १ जना महिला र ८७ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको थियो ।जिल्ला भित्र बिहीबार साँझ सम्म ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology