Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा पिण्ड सेलाउने क्रममा नदीमा डुवेर बेपत्ता पूरुषको शव फेला


3.4K
Shares

गोरखामा पिण्ड सेलाउने क्रममा नदीमा डुवेर बेपत्ता पूरुषको शव फेला

गोरखा, २१ असोज :  श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुवेर बेपत्ता भएका पुरुषको शव आज फेला परेको छ । मस्याङ्दी नदीमा डुवेर बेपत्ता भएका गोरखा नगरपालिका–१४, गोप्लिङका ४७ बर्षका पूर्णबहादुर दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

बुधबार दिउँसो करिब ३ः ३० बजे मस्र्याङ्दी नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर दराई बेपत्ता हुनुभएको थियो । घटना लगत्तै प्रहरी र स्थानीयकाले खोजी गरेको भएपनि फेला नपरेपछि कुरिनटार स्थित बिपत सशस्त्र प्रहरीबलको बिपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर दराईको खोजी गर्ने क्रममा बिहान करिब ११ बजे दराईको शव फेला परेको उहाँले बताउनुभयो ।

बेपत्ता भएको स्थलदेखि केही तलबाट उहाँको शव फेला परेको डिएपी दाहालको भनाई छ । घटनास्थल पुगेर मृतकको लाश जाँच मुचुल्लका लगायतको आबश्यक कार्य गरि परिवारलाई शव बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology