Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

प्रहरीद्धारा २०७ जना पाकेटमार पक्राउ


2.4K
Shares

प्रहरीद्धारा २०७ जना पाकेटमार पक्राउ

काठमाण्डौं १८, असोज । नेपाल प्रहरीले सवारी साधानमा पाकेटमार गर्ने २०७ जनालाई पक्राउ गर्न सफल भएको छ । काठमाण्डौं उपत्यकामा सवारी साधनहरूमा पाकेटमारी र चोरी गर्ने २०७ जनालाई शहरको विभिन्न स्थानबाट महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाई दशै तिहारमा रिङरोड बाहिर र भित्री ईलाकामा चल्ने सार्वजनिक यातायातहरु, सपिङ महल, मुख्य–मुख्य मार्केटहरु लगायतमा पाकेटमारी हुन नदिन महानगरीय प्रहरी परिसर काठमाण्डौंले प्रहरी परिचालन गरी गत भदौ २५ गतेदेखि असोज १५ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरेको हो ।

विभिन्न कोड भाषा प्रयोग गरी पाकेटमारी तथा चोरी गर्दै गरेको अवस्थामा नगद, मोवाईल, गरगहना सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमध्ये ४६ जना अनुसन्धान पूरा भई सरकारी वकिलको कार्यालय मार्फत् जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा बुझाउँदा कारागार चलान भएका छन् भने १६१ जनाउपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology