Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बजेट भाषणमा बृद्धि गरिएको तलब नदिएको भन्दै बिरोध


4.4K
Shares

गोरखामा बजेट भाषणमा बृद्धि गरिएको तलब नदिएको भन्दै बिरोध

गोरखा १५, असोज । गोरखा नगरपालिकाका बिधालय कर्मचारीले बजेट भाषणमा घोषणा गरिए अनुसार तलबबृद्धि नगरेको भन्दै ध्यानकर्षण पत्र बुझाएका छन् । नगरपालिकाका कर्मचारीहरुले नगरपालिकालाई बुझाएको ध्यानकर्षण पत्रमा नीतिगत तथा मानविय श्रम शोषण नगर्न आग्रह समेत गरिएको छ ।

उनिहरुले गोरखा नगरपालिकाको शिक्षा शाखामार्फत माग फाराम भर्ने सन्दर्भमा प्रशारित सूचनालाई आधार मान्दा कुनै पनि थप रकम पालिकाबाट थप गर्न नसकिने भन्ने उल्लेख भएको भन्दै आपत्ती जनाएका छन् । नेपाल सरकारबाट स्वीकृत भएअनुसार केही पालिकाहरुले सोही अनुसारको निर्णयको आधारमा सुविधा थप गरी पारिश्रमिक निकासा गरेको र बाँकीले पनि वृद्धि गर्ने तयारी गरिरहेको भएपनि गोरखा नगरपालिकाले भने सुविधा थप गर्न नसक्नु भन्नुले बिधालय कर्मचारीको शोषण गर्ने मनासाय रहेको दावी उनिहरुको रहेकोे छ ।

ध्यानाकर्षण पत्रमा थप सुविधा दिने सन्दर्भमा नगरपालिकाले किन यति धेरै कञ्जुस्याईँ गरेको हो भनेर प्रश्न समेत उठाएका छन् । उनिहरुले विधिको शासन र नीतिको कार्यान्वयनलाई सार्थक बनाउन कम्तिमा श्रमऐन अनुसार पारिश्रमिक दिन समेत नगरपालिकालाई आग्रह गरेका छन् । आफुहरुको माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने बिधालय कर्मचारीहरुको चेतावनी रहेको छ । नगरपालिकालाई बुझाइएको ज्ञापन पत्रमा विभिन्न १३ वटा विद्यालयका कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology