Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चौध बर्षिया बालिका बिक्रि गर्ने भण्डारी पक्राउ


2K
Shares

चौध बर्षिया बालिका बिक्रि गर्ने भण्डारी पक्राउ

पर्वत, १५ असोज । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोदी गाउँपालिका ५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको पर्वत प्रहरीले जनाएको छ ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याए पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उहालाई कुश्मा नगरपालिका ६ शिवालय चोकबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको भण्डारी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology