Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना जोखिमपछि काठमाण्डौमा फेरि यस्तो आयो जिल्ला प्रसासनको आदेश !


4.6K
Shares

कोरोना जोखिमपछि काठमाण्डौमा फेरि यस्तो आयो जिल्ला प्रसासनको आदेश !

काठमाण्डौं १४, असोज ।  काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज राति १२ बजेदेखि लागु हुनेगरी अर्को आदेश नभएसम्मका लागि यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।

नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहनने, यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने पनि आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology