Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनास्लु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु


2.4K
Shares

गोरखाको मनास्लु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु

गोरखा १३, असोज । गोरखाको मनास्लु हिमाल आरोहण गर्ने क्रममा क्यानडियन नागरिकको ज्यान गएको छ ।

चुमनुब्री गाउँपालिका १ मा रहेको मनास्लु हिमाल आरोहणका क्रममा बेहोस भएका ब्रेन्ट सेलको ज्यान गएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

स्नो होरिजन कम्पनीबाट स्विकृत लिएर हिमाल आरोण गरेका उनको मंगलबार ७ः३५ बजे बेस क्याम्प ४ को १०० मिटर माथि पुग्दा अचानक बेहोस भएको र तत्कालै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

मृत्तक सेलको शव प्रहरी चौकी सामागाउँले स्थानिय संग समन्वय गरेर मनास्लु बेश क्याम्पमा झारे पछि बुधबार कैलास एयर मार्फत पोष्टमार्टमका लागी राजधानीको शिक्षण अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology