Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पृथ्वी राजमार्गमा आज ठुलो दुर्घटना टर्यो


5.8K
Shares

पृथ्वी राजमार्गमा आज ठुलो दुर्घटना टर्यो

धादिङ १२ असार । धादिङको कृष्ण भिरमा आज दिउसो यात्रुबाहक बस र लहरी एक आपसमा ठक्कर खाएको छ । बस र लहरी एक आपसमा ठक्कर खाएता पनि ठुलो दुर्घटनाहुनबाट जोगिएको छ ।

काठमाण्डौंबाट मुग्लीन तर्फ जादै गरेको ना ७ ख ६३३६ नम्बरको कन्टेनर बोक्ने लहरी र स्याङजाबाट काठमाण्डौं तर्फ जादै गरेको ग १ ख ९५५२ नम्बरको बस एक आपसमा ठककर खाएको हो ।

लहरीले बढी साईट च्याप्दा बसको पछिल्लो भागमा ठुलो क्षति पुगेको बसमा सवार गोरखा जिल्ला चुमनुब्री गाउँपालिका बिरबल घलेले जानकारी दिनुभयो । एक फिट मात्र पनि बढी च्यापीएको भए बस त्रिशुली नदीमा खस्ने घलेले बाताउनु भयो

मंगलबार दिउसो २ः३० बजे भएको उत्त घटनामा परि बसमा सवार कोही पनि यात्री घाईते नभएको इलाका प्रहरी कार्यालय बिशालटार चौकीका ईन्चार्जले जनाकारी दिनुभयो ।

प्रहरी चौकीका अनुसार लहरी र त्यसका चालकलाई नियन्त्रणमा लिएको र आवश्यक सोधपुछ भई रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology