Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा प्रहरीको सिआइडी भन्दै सवारी नियन्त्रणमा लिने ६ जना पक्राउ


3.4K
Shares

गोरखामा प्रहरीको सिआइडी भन्दै सवारी नियन्त्रणमा लिने ६ जना पक्राउ

गोरखा, ११ असोज । गोरखा आँबुखैरेनी खण्डमा मध्य रातमा आफुहरु प्रहरीको सिआईडी हो भन्दै सवारी साधान नियन्त्रणमा लिन खोज्ने ६ जना यूवाहरुलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

सोमबार बिहान २ बजेको समयमा गोरखा नगरपालिका ११ को बाह्रकिलो भन्ने स्थानमा तनहुँको आँबुखैरेनी बाट गोरखा सदरमुकाम तर्फ आउँदे गरेका ना. ६ त ४५६ र ना. ६ ख ५५०१ नंम्बरको मालवाहक ट्रकहरुलाई बलजफ्ती रोकी नियन्त्रणमा लिन खोजेको आरोपमा प्रहरीले स्थानिय ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

आफुहरुलाई प्रहरीको सिआईडी हो भन्दै मध्यरातमा २ वटा ट्रक नियन्त्रणमा लिएको र ट्रकमा सवार व्यक्तिहरु तथा सवारी साधनको चेकजाँच गरेको, सह चालकको मोबाईल समेत खोसी लिएको तथा ट्रकमा भएको सामानहरु समेत क्षति पुर्‍याएकोले स्थानिय ६ जना युवाहरुलाई नियन्त्रणमा लिईएको सूचना अधिकारी दाहालले बताउनुभयो ।

ट्रकमा सवारहरुले तत्कालै प्रहरीमा सूचना दिएपछि सोमबार बिहानै बाह्रकिलो प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गोरखा, गोरखा नगरपालिका ११ का बर्ष २० को निरञ्जन तामाङ, बर्ष २१ को निरज कोईराला, बर्ष १९ को सुरज तामाङ, बर्ष २० को ओमराज गुरुङ, बर्ष २० को मनोज तामाङ र बर्ष २० कै रिकेश कुँवरलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई सोमबार नै सार्वजनिक हित विरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट १० दिनको म्याद थप गरी प्रहरीको हिरासतमा राखीएको प्रहरी कार्यालयले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology