Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धादिङकी २४ बर्षिय युवती चोरीको आरोपमा चितवनमा पक्राउ


4.3K
Shares

धादिङकी २४ बर्षिय युवती चोरीको आरोपमा चितवनमा पक्राउ

चितवन ९, असोज । धादिङकी एक युवती चोरीको आरोपमा चितवनमा पक्राउ परेकी छिन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने २४ बर्षिया पुष्पा सिटौला नगद तथा गरगहना चोरीको आरोपमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट कोही नभएको मौका छोपि असोज ६ गते १:३० बजे विभिन्न गरगहना र नगद चोरी गरेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय चितवनबाट खटिएको टोलिले सोही दिन बेलुका ४: ५० बजे भरतपुर महानगरपालिका ११ बाट चोरी गरेका नगद, गरगहना र ताल्चा फुटाउन प्रयोग गरेको रडसहित सिटौलालाई पक्राउ गरेको प्रहरी प्रवत्ता सुर्य थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका महिलालाई चोरी तथा डाँका मुद्वा सम्बन्धि कसुरमा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology