Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा पछिल्लो दुई सातापछि शुक्रबार फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमित


3K
Shares

गोरखामा पछिल्लो दुई सातापछि शुक्रबार फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमित

गोरखा ९, असोज । गोरखामा थप २६ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये पीआर तर्फ ५ जना र एन्टिजेन तर्फ २१ जना रहेका छन् । शुक्रबार गोरखा र पालुङटार नगरपालिका तथा धार्चे, अजिरकोट र सिरानचोक गाउँपालिकामा गरी शुक्रबार २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये पीसीआर तर्फ सिरानचोक गाउँपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना र एन्टिजेन तर्फ गोरखा नगरपालिकामा ५ जना महिला र १० जना पुरुष, पालुङटार नगरपालिकामा १ जना महिला, धार्चे गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

आज संक्रमण देखिएका सहित जिल्लाको ८ स्थानिय तहमा सक्रिय संक्रमितको संख्या ७१ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology